‘राजनेताको जस्तो मुस्कानी पोज’मा अदालत उपस्थित भए अभियुक्त टोबहादुर (तस्बिरसहित)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । उक्त प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौँले रायमाझीलाई जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पक्राउ पर्ने डरले ११ दिनसम्म लुकेका रायमाझी आइतबार राती बुढानीलकण्ठ स्थित पार्टीकै एक कार्यकर्ताको निवासबाट पक्राउ परेका थिए । अदालत उपस्थित हुँदै गर्दा रायमाझी हसिलो मुद्रामा देखिए । ठट्यौली गरिरहने रायमाझी मानौँ आफूले केही गरेको छैन, प्रहरीले त्यसै पक्राउ गर्यो भनेजसरी प्रस्तुत भएका छन् ।

उनलाई खिच्च दालत परिसर पुगेका सञ्चारकर्मीसामु उनको पोज यस्तो देखियो कि मानौँ उनी राजनेता हुन् । रायझी पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । यसअघि कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँडसहित १२ जना पक्राउ परेका थिए ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *