टोपबहादुरको बयान आजैबाट सुरु गरिने, सञ्चाे नभएपछि फर्काइयो खाँणलाई
मकालु खबर
२०८० जेठ १ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिन आजैबाट सुरु गरिने भएको छ ।
रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आजै जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । उनी आइतबार राती पक्राउ परेका थिए ।
त्यस्तै यसअघि नै पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सञ्चो नभएपछि बयान नसकी उनलाई फर्काइएको छ ।
यसअघि पक्राउ परेका खाँणसहितका १२ जनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको थियो ।
मकालु खबर
२०८० जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित