टोपबहादुरलाई पक्राउ गरेको पत्र प्रहरीले पठायो संसद सचिवालय
मकालु खबर
२०८० जेठ १ गते
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्य(सांसद) टोपबहादुर रायमाझीलाई पक्राउ गरेको पत्र प्रहरीले संसद सचिवालयलाई पठाएको छ । आइतबार राती काठमाडौँको बुढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जानकारी सहितको पत्र प्रहरीले सचिवालयलाई पठाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमतिसमेत लिइसकेको छ ।
प्रहरीले खोजी गरेको ११ दिनसम्म फरार रहेका उनलाई आइतबार राती पक्राउ गर्न प्रहरी सफल भएको हो ।
उक्त पत्र प्राप्त भएसँगै टोपबहादुरलाई सांसद पदबाट निलम्बन गर्ने प्रक्रिया संसद सचिवालयले अघि बढाउने छ ।
उक्त पत्रबारे सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराउने छन् ।
मकालु खबर
२०८० जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित