नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धन तलमाथि हुँदैन : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा फेरबदल नआउने ताएका छन् ।
पार्टीका पछिल्ला गतिविधि तथा उत्पन्न नयाँ परिस्थितिबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएका हुन् ।
‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन । म त्यस्तो देख्दिनँ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष कोही नफसुन् र दोषी कोही पनि नउम्किउन् भन्ने मान्यतामा कांग्रेस रहेको पनि उनले जानकारी दिए । उक्त प्रकरणमा पक्राउ परेका पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वसांसद आङटावा शेर्पाको अनुसन्धानमा पनि सघाउने उनले बताए ।
‘उहाँ (बालकृष्ण खाँण)ले अनुसन्धानमा सघाउनु हुन्छ,’ उनले भने, ‘सघाइरहनु भएको छ । दोषी निर्दोष हुने, निर्दोष दोषी हुने कुरा ठीक होइन । हामी दोषीलाई बचाउनु पर्छ भनेर भन्दैनौँ ।