रेशम चाैधरीकाे मुद्दामा अन्तिम सुनुवाइ सिकयाे, आजै फैसला सुनाउने तयारी

काठमाडाैँ । टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै मंगलबार नै फैसला सुनाउने तयारी भइरहेको छ । वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । उक्त दिन चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमबारदेखि सरकारी वकिल र प्रतिपक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
२०७७ फागुन १२ गते कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो । चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।  त्यसको करिब २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *