सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा
मकालु खबर
२०८० जेठ २ गते
काठमाडौं। चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सातदोबाटो युथ क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो।
चर्च ब्वाइजको जितमा सुभास गुरुङले निर्णायक गोल गरे। सुभासले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै चर्च ब्वाइजले १८ खेलमा ३३ अंक जोडेको छ। चर्च ब्वाइज दोस्रो स्थानको जावलाखेलभन्दा २ अंकले अघि छ।
सातदोबाटो १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा छ।
मकालु खबर
२०८० जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित