रेशमले भने– अदालतको फैसला स्वीकार्दै पुनरावलोकनमा जान्छु
मकालु खबर
२०८० जेठ ३ गते
काठमाडौँ । टीकापुर नरसंहारमा दोषी ठहरभई डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले अदालतको फैसलालाई स्वीकार्ने बताएका छन् ।
मंगलबार अदालतको फैसला आएपछि सोमबार विज्ञप्ति जारी गर्दै उनले जलबाटै हस्तलिखित प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले आफूलाई अदालतको भरोसा रहेकोले पुन पुनरावलोकनका लागि जाने बताएका छन् ।
उनी आफू सर्वोच्च अदालतको फैसलाले विचलित नभएको र जेलमा स्वस्थरुपमा धैर्य भएर बसिरहेको बताएका छन् । उनले ‘धरातल’ नामक पस्तक लेखिरहेको र केही समयपछि उक्त पुस्तक बाहिर ल्याउने पनि बताएका छन् ।
कैलालीको टीकापुरमा एक नाबालकसहत ८ जनाको ज्यान जाने गरी उक्त नरसंहार भएको थियो ।
मकालु खबर
२०८० जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित