लडाकू शिविरमा भ्रष्टाचार भएको पुष्टी भए जेल जान तयार छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी लडाकूको शिविरमा आफूले भ्रष्टाचार गरेको आरोप पुष्टी भए जेल जान तयार रहेको बताएका छन् । उक्त आरोप केहीले पूर्वाग्रही भएर लगाएको समेत उनले बताए ।

संसदमा बिहीबार भएको प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रहेको र त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा अर्थमन्त्री रामशरण महत भएको पनि उनले बताए ।

‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *