बर्खामा ५० र हिउँदमा ३० युनिटसम्म बिजुली निःशुल्क बनाउने

काठमाडौँ । सरकारले ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

सरकारले दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउने भएको छ । विपन्न वर्गलाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको घोषणा छ ।

त्यस्तै सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ । सरकारले खाना पकाउने ग्याँसलाई क्रमशः विद्युतबाट प्रतिष्थापन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *