युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथा चढेर बनाए विश्व कीर्तिमान
मकालु खबर
२०८० जेठ ७ गते
काठमाडौँ । युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक बुढामगरले सगरमाथाको सफल आरोहण गरेसँगै विश्व कीर्तिमान कायम भएको हो ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । उनी सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडामाथि दुवै अंगविच्छेद भएका व्यक्तिको विश्व कीर्तिमान राख्न सफल भए । उनको यो सफलता सिङ्गो अपाङ्गता भएको क्षेत्रका लागि ठूलो उत्साह हो ।
मकालु खबर
२०८० जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित