गण्डकीको संसद् अधिवेशन अन्त्य
मकालु खबर
२०८० जेठ ८ गते
पोखरा । गण्डकी प्रदेश अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने बेला वैशाख २१ गते खुलेको थियो । त्यसपछि बिजनेसविहीन संसद् आइतबारदेखि बन्द भएको हो । अव सरकारले बजेट र नीति तथा कार्यक्रमको लागि बैठक डाक्नेछ । बर्खे अर्थात् बजेट अधिवेशनका लागि सरकारले तयारी गरिरहेको छ ।
बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । स्रोतका अनुसार जेठ ११ गतेदेखि बर्खे अधिवेशन आह्वान हुने छ । असार १ गते बजेट ल्याउनुपर्ने कानूनी बाध्यता छ । त्यसअघि नै नीति तथा कार्यक्रम पास हुनुपर्छ ।
मकालु खबर
२०८० जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित