आर्थिक वर्षको नीति तथा कार्यक्रम कन्फ्युजनहरुको संगालो हो : राजकिशोर यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको संगालोको संज्ञा दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरुको पहिचान गरी समाधानका उपायहरुसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताए ।
उनले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए । सांसद यादवले ठूला दलहरु अव पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिए । उनले भने ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको संगालो हो । हामी स्पष्ट हुनुपर्छ अब । आजको यथार्थ यो हो । समस्या यो हो । यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपाचर नगर्ने, भईरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउछु भनेर गफ दिएर हुन्छ । त्यसैले आज विश्व अर्थ राजनीतिमा देखा परेको बदलाव नेपाली समाजमा देखा परेको आवश्यक्ता र बदलाव र हिजोसम्म हाम्रा जुन प्रकारका दर्शन, मान्यता र हाम्रो जीवन शैली छ । यो तीन वटाको बीचमा तारतम्य भएन भने हामी कहीँ पुग्दैनौं । हामी ठूल्ठूला कुरा गछौं । तर अन्तराष्ट्रिय दातृ संस्थाहरुको रिर्सोस नभई हामी अगाडि बढन सक्दैनौं । ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलाव अनुसार अघि बढने चतु¥याई सरकारमा भएन भने हामी कहीँ पुग्दैनौं । ठूला दलहरु नसच्चिए सकिन्छन ।’
सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा काँग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाए ।