कार्बन उत्सर्जन असर नेपालले भोग्नु परेको छ : योगेश भट्टराई

काठमाडौँ । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले औद्योगिक राष्ट्रहरूले व्यापक मात्रामा कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालले भोग्नु परिरहेको बताउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘हिजो मे २२ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । औद्योगिक राष्ट्रहरूबाट भएको व्यापक कार्बन उत्पादन, प्रकृति विनाश, तीव्र गतिमा बढेको तापक्रमका कारणले प्रकृति र जीवजन्तु संकटमा पर्दै गइरहेका छन् । त्यसको सबैभन्दा बढी असर हिमालमा परेको छ । अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र नेपाल हुन पुगेको छ । जलवायु परिवर्तन सम्बन्धी महासन्धि पेरिस कन्भेन्सनले नेपालजस्ता पीडित राष्ट्रले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था छ । क्षतिपूर्ति यो हाम्रो अधिकार हो । युएन क्लाइमेट चेन्ज कन्फिडेन्स अफ द पार्टी, कोप जस्ता मञ्चहरूमा प्रभावकारी उपस्थिति गर्न नेपालले पाउनुपर्ने क्षतिपूर्तिका लागि लबिङ गर्न, अन्तर्राष्ट्रियकरण गर्न, हाम्रा मुद्दाहरूलाई समग्रतामा क्लाइमेट घस्टिसका निम्ति लबिङ गर्न र प्रभावकारी भूमिका खेल्न नेपालका तिनै तहका सरकारहरूको बिचमा, निजी क्षेत्र, समुदायको बिचमा कार्यगत समन्वय गरी काम गर्न र हिमालहरू जोगाउन सभामुखमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *