सरकारी कार्यालयहरूमा डिजिटलाईजेशन सिस्टमको व्यवस्था गर्नुपर्छ : विराजभक्त श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयहरूमा डिजिटलाईजेशन सिस्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार र स्थानीय तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण गरी मुलुकमा सुशासन प्रवर्द्धन गर्नका लागि सो सिस्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले दर्ता, चलानी नै नराख्ने सरकारी कार्यालयहरूको अवस्थामा सुधार ल्याउन पनि सरकारले सो काम गर्न ढिलाइ गर्न नहुने बताए ।

उनले भने, ‘सरकारी कार्यालयहरू र स्थानीय तहमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको निम्ति डिजिटलाईजेशन र पेपरलेस व्युरोक्रेसीलाई कार्यान्वयनमा लगौँ भन्दै सधैंझै सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो हरेक कार्यालयहरू र स्थानीय निकायहरूमा हुने दर्ता र चलानीलाई मात्र भएपनि डिजिटल सिस्टममा रियल टाइममा कम्प्युटरमा रेकर्ड हुने व्यवस्था गरियोस् । किनभने हामीले हाम्रा धेरै कार्यालयहरूको सूक्ष्म अध्ययन ग¥यौं भने नियतबस नै दर्ता र चलानी नम्बरहरु खाली छोडने वा केरमेट गर्ने गरेको भेटिन्छ । र, त्यही ठाउँमा म्याद सकिएपछि पनि रातारात कागजपत्रहरू मिलाएर पुरानो मितिको दर्ता, चलानी राखेर कागज पत्रहरू हेरफेर गरिन्छ । यो सरकारको लागि ठूलो कुरा पनि होइन । इच्छाशक्ति भए सरकारले छोटो समयमा नै यो व्यवस्था कार्यान्वयन गराउन सक्छ । र, यसले हाम्रो कार्यालयहरूमा सुशासन प्रवर्द्धनमा सहयोग पुग्छ ।’

सांसद श्रेष्ठले इच्छाशक्ति भए सरकारले मातहतका कार्यालयहरूमा दर्ता र चलानी डिजिटल सिस्टम सञ्चालन गर्न समय नलाग्ने दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *