आक्रोशित हुँदै रविले भने– अमेरिकी नागरिकता त्यागेको निस्सा अदालतमा बुझाइसकेँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा सर्वोच्च अदालतमा पेश गरिसकेको जानकारी गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद अजय चौरसियाले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको रवि लामिछानेको नागरिकताका विषयमा प्रश्न उठाएपछि लामिछानेले आक्रोशित हुँदै यस्तो जवाफ दिएका हुन् ।

‘अमेरिकी नागरिकता त्यागेको मेरो निस्सा कहाँ खोजिएको हो ?’, उनले भने, ‘हल्लाका भरमा लेखिएको समाचारको शीर्षकलाई लिएर संसदमा उठाउनु भएकोमा आपत्ति छ।’

उनले रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले पैसा दिएको भन्दै हल्लाका भरमा आएको समाचार संसदमा उठाउनु आपत्तिजनक रहेको बताए ।

‘संसदमा यस्तो कुरा गर्ने होइन,’ लामिछानेले भने, ‘प्रमाण छ भने प्रस्तुत गर्नु होला’, प्रमाण पेश गर्नुस्। हामी संसदको पाँच किलोमिटर वरपर देखिँदैनौँ। मैले अमेरिकी नागरिकता त्यागेको निस्सासहितको आवश्यक कागजात अस्तिको दिन अदालतमा पेश गरिसकेको छु।’

अदालतमा विचाराधीन रहेको विषय संसदमा नउठाउन सभामुखले निर्देशित गरेपछि सभा सुचारु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *