पहिचान पक्षधरसँग समिति बनाएर वार्ता गर्न कांग्रेस कोशीको आग्रह
मकालु खबर
२०८० जेठ ११ गते
काठमाडौँ । कोशी प्रदेशमा प्रदेशको नामसँग असहमति राख्दै आन्दोलनमा उत्रिएकाहरुको जायज मागलाई सम्बोधन गर्न नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारसँग माग गरेको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी प्रदेश समितिले पहिचानको पक्षमा आन्दोलन गरिरहेकाहरुको माग सम्बोधन गर्न एक वार्ता समिति बनाउन समेत माग गरेको छ ।
पहिचानको पक्षमा आन्दोलनमा उत्रिएकाहरुलाई गोली हाल्ने, लाठी चार्ज गर्ने र धरपकड गर्ने जस्ता कार्य नगर्न पनि कोशी कांग्रेसले माग गरेको छ ।
मकालु खबर
२०८० जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित