रेशमलाई आममाफीविरुद्ध पीडितद्वारा सर्वोच्चमा रिट निवेदन दायर

काठमाडौँ । टीकापुर नरसंहार घटनाका मुख्य योजनाकारका रुपमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने तयारी गरिएपछि पीडितहरु सर्वोच्च अदालत गएका छन् ।

उक्त घटनामा मारिएका केशव बोहोराकी श्रीमति शारदा बोहरा कडायतले आइतबार सबोच्चमा रिट निवेदन दायर गरेकी हुन् । तर, उनको निवेदन दर्ता भने भएको छैन ।

सोबार पनि देशभर सार्वजनिक विदा परेकोले रिट निवेदन दर्ता हुने अवस्था छैन । तर, सोमबार नै रेशम चौधरीसहितका कैदीबन्दीलाई आममाफी दिएर रिहा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *