सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
मकालु खबर
२०८० जेठ १५ गते
काठमाडौँ । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि आज साँझ संसदमा प्रस्तुत गर्न लागेको बजेट पारित गर्ने तयारी छ ।
त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा पनि बैठकमा छलफल हुन लागेको बताइएको हो ।
सरकारले आज साँझ संसदमा आर्थिक वर्ष २०८१/८१ को लागि बजेट प्रस्तुत गर्दैछ । त्यस्तै, प्रधानमन्त्री १७ जेठमा भारत भ्रमणमा जाने तय भएको छ ।
मकालु खबर
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित