आगामी वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिने

काठमाडाैँ । आगामी वर्षदेखि सरकारले बजेटका सिद्धान्त र प्राथमिकता फागुन मसान्त भित्रै संसदमा प्रस्तुत गर्ने भएको छ ।

मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तभित्रै सिद्धान्त र प्राथमिकता ल्याइने अर्थमन्त्री प्रकाशशरण महतले बताए । ढिलो ल्याउँदा बजेट कार्यान्वयन गर्न ढिलो हुने भएकोले चाँडै सिद्धातन्त तथा प्राथमिकता ल्याउन लागेको महतले बताए ।

त्यस्तै, आगामी वर्षदेखि कार्यान्वयन कार्ययोजना असार मसान्तभित्रै तर्जुमा गरी कार्यान्वयनमा लगिने उनले बताए ।

स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने मन्त्रालय वा निकायले साउन मसान्तभित्रै कार्यविधि बनाएर कार्यान्वयनमा लानु पर्ने गरी बजेट प्रणाली सुधार गरिएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *