बजेट समग्रमा नराम्रो छैन : ज्ञानेन्द्र शाही

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौती रहेको बताए । उनले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताए ।

उनले भने, ‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ । जडिबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसावले । आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ । सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन ।’

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *