प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी बुधबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीको टोलीमा अन्य ५ जना मन्त्रीहरु रहेका छन् । उनका साथमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र प्रचण्डकी छोरी गंगा दाहाल सहभागी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन् ।
भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली २० जेठमा स्वदेश फर्किने तालिका छ ।