निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानको घोर उलंघन : योगेश भट्टराई
मकालु खबर
२०८० जेठ १७ गते
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रपतिले निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको घोर उल्लंघन गरेको बताएका छन् ।
उनले अघिल्लो संसदमा उत्पत्ति भएको र अहिले निष्क्रिय रहेको उक्त विधेयक नयाँ संसद आइसकेपछि जस्ताको तस्तै राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानको उलंघन भएको बताएका छन् ।
त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गरेर ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएको उनले बताए ।
मकालु खबर
२०८० जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित