रोमालाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इटालियन क्लब एएस रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै सेभियाले सातौं पटक युरोपा लिगको उपाधि जितेको हो ।
यसअघि निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीपछि खेल आधा घण्टा अतिरिक्त समय खेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
योजितसँगै सेभियाले सबैभन्दा बढी ७ पटक युरोपा लिगको उपाधि जितेको छ । सेभियाले यसअघि २००६, २००७, २०१४, २०१५, २०१६, २०२० मा युरोपा लिग जितेको थियो ।
त्यस्तै रोमा भने दोस्रो पटक युरोपा लिगको फाइनलमा पुगेर दुवै पटक उपविजेता बनेको छ । रोमा यसअघि १९९१ मा युरोपा लिगको उपविजेता बनेको थियो ।
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित