शुक्रबार एमालेको सचिवालय बैठक बस्ने
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।
उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित