प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीद्वारा नेपालगञ्ज सुख्खा बन्दरगाह उद्घाटन
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा नेपालगञ्ज सुख्खा बन्दरगाह उद्घाटन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीले संयुक्त रुपमा नयाँ दिल्ली स्थिति हैदरावाद हाउसबाट उक्त परियोजना उद्घाटन गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोगमा बाँकेको नेपालगञ्जमा बनेको उक्त एकीकृत व्यापार पूर्वाधार बनेको हो ।
उक्त पूर्वाधारको संयुक्त रुपमा उद्घाटन गरिएपछि अहिले भारततर्फबाट नेपाल आएका कन्टेनर सुख्खा बन्दरगाहमा प्रवेश गरेका छन् ।
ती कन्टेनरलाई नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए ।
करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह सञ्चालमा आएको हो ।
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित