नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अघिल्लो संसदबाट उत्पत्ति भएको र नयाँ जनादेशसहित नयाँ संसद सञ्चालनमा आइसकेको अवस्थामा पुरानै विधेयक राष्ट्रपतिले सोझै पास गरिएकोले उक्त विधेयक अवैध रहेको र त्यसलाई कार्यान्वयन नगर्न/नगराउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
रिट नवेदकहरुले विदेशीले नागरिकता पाउनु नुहने र नेपालीहरु नागरिकताबाट बञ्चित गर्न नहुने माग गरिएको छ ।
अघिल्लो संसदले पठाएको उक्त नागरिकता विधेयक अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले २ पटकसम्म फिर्ता गरेकी थिइन् । त्यपछि पनि सरकारले उक्त विधेयक पठाएपछि राष्ट्रपति कार्यालयमा अड्किएको थियो ।
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित