नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सडक आन्दोलनसमेत गर्ने रास्वपाको चेतावनी
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । निश्क्रिय रहेको नागरिकता विधेयक नयाँ संसदमा छलफल नै नगरी प्रमाणीकरण गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसविरुद्ध आवश्यक परे सडक आन्दोलन समेत गर्ने चेतावनी दिएको छ ।
कोही पनि नेपाली नागरिकताविहीन हुनु नहुने भन्दै उक्त पार्टीले तर विधिपद्धति मिचेर विधेयक प्रमाणित गर्नु गम्भीर समस्या भएको बताएको छ ।
पार्टी सभापति रवि लामिछाने कामविशेषले भारतको मुम्मईमा रहेको जानकारी दिँदै उनले शान्तिपूर्ण आन्दोलन सुरु गर्न समेत पार्टी पक्तिंलाई आग्रह गरेका छन् । पार्टी प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तीमा उक्त विधेयक प्रमाणिकरणविरुद्ध सदनबाट आन्दोलन गर्ने र आवश्य परे सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् ।
यस्तो छ विज्ञप्ति
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित