एमाले, रास्वपा र राप्रपाद्वारा संसद वैठक अवरुद्ध, १ घण्टाका लागि स्थगित

काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसद बैठक अवरोध गरेका छन् ।

बैठकको नियमित कार्य सुरु हुनुअघि नै यी दलका सांसदहरुले उठेर नारावाजी गर्दै संसद बैठक अवराेध गरेका हुन् ।

खास गरी सरकारले अघि बढाए र निष्क्रिय अवस्थामा रहेकाे नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जस्ताको तस्तै प्रमाणीकरण गरेपछि त्यसको विरोधमा उनीहरुले नारावाजी गरेका हुन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका दाैरान भारतले उसकाे संसदमा राखेकाे नेपालकाे भूभाग समेटिएकाे नक्सा बारे केही नबाेलेकाे, सीमा विवादबारे गम्भीर रूपमा प्रस्तुत नभएकाे जस्ता विषयमा संसदमा उपस्थित भएर जानकारी गराउनु पर्ने माग पनि उनीहरूले राखेका छन् ।

प्रतिपक्षी दलको अवरोध पछि बैठक अहिले १ घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *