ब्रुनाइसहित ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ब्रुनाइसहित विभिन्न ६ देशका लागि गैरआवासीय राजदूत नियूक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ६ गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मलेसियाका लागि राजदूत रहेका डिल्लिराज पौडेललाई ब्रुनाइ, ब्राजिलका राजदुत रहेका निर्मलराज काफ्लेलाई चिली, अष्ट्रेलियका राजदूत रहेका भरतकुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई काजखस्तान, डेनमार्कका राजदूत रहेका रामस्वार्थ रायलाई लिथुआनिया र सुशीलकुमार लम्साललाई अल्जेरियाको गैरआवासीय राजदूतिको जिम्मेवारी समेत निर्वाह गर्ने गरी नियुक्त गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *