गण्डकीको नीति कार्यक्रम : क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग

पोखरा । गण्डकी सरकारले क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो ।

यस्तै, ६० वर्ष माथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याव परीक्षण निशुल्क गर्ने कार्यक्रम ल्याएको छ । मुटुरोगका विरामीलाई डायलायसिसमा पालो कुर्न पर्ने अवस्थालाई शून्यमा झार्ने सरकारले जनाएको छ ।

अस्पताल बाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा सरकारले जनाएको छ ।

यसअघि सबै सरकारी स्कुलमा सेनिटरी प्याड नि:शुल्क दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *