प्रतिपक्षीको अवरोधपछि संसद बैठक भोलि ११ बजे बस्ने गरी स्थगित

काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आइतबार बिहान बसेको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न नपाउँदै आकस्मिक समयमा उठेर ३ दलका सांसदहरुले अवरोध गरेका थिए । त्यसपति सभामुखले दिएको बोल्ने समयमा धारणा राख्दै उनीहरुले निष्कृय भएको नागरिकता विधेयक किर्ते गरी अवैध रुपमा प्रमाणीकरण गरिएकोले त्यसबारे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका थिए । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत सरकारसँग सीमा विवाद र भारतीय संसदमा राखिएको नेपालको भूभाग समेटिएको नक्साबारे आवाज नउठाएको भन्दै त्यसबारे समेत जवाफ माग गरेका थिए ।

त्यसपछि १ घण्टाका लागि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए । त्यसपछि पनि प्रतिपक्षीले अवरोध गर्ने अडान नछाडेपछि संसद सचिवाललयले सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *