सुर्खेतका निजी विद्यालयमा एक साता गर्मी बिदा
२०८० जेठ २४ गते
सुर्खेत । सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको हो । सोमबार बसेको प्याब्सनको बैठकले अत्यधिक गर्मी बढेपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ ।
२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित