मधेश प्रदेशसभा बैठक बहिष्कार गर्ने सत्तारुढ माओवादीको निर्णय
२०८० जेठ २५ गते
जनकपुरधाम । मधेश प्रदेशका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आजको प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सल्लाह नगरी ल्याएको र सरकारले व्यापक भ्रष्टाचार गरेको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले नीति तथा कार्यक्रम छलफल नै नगरी ल्याएको र रकमान्तरमा भ्रष्टाचार गरेकोले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको बताए ।
सरकारले मंगलवार ल्याएको नीति तथा कार्यक्रममा आजको प्रदेशसभा बैठकमा छलफल गर्ने कार्यसूची छ । आज दिनको १ बजेको लागि तय गरिएको बैठक २ बजिसक्दा पनि सुरु भएको छैन ।
२०८० जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित