छात्रालाई ल्याप्टप होइन, शैक्षिक अवस्था सुधारौँ : प्रदेश सांसद लेखी

जनकपुरधाम । मधेश सरकारले कक्षा १२ की छात्रालाई ल्याप्टप दिने नीति तथा कार्यक्रम ल्याएकोमा नेकपा एमालेका सांसद राजकुमार लेखीले आपत्ति जनाएका छन् ।

सरकारले मंगलवार ल्याएको नीति तथा कार्यक्रममा आजदेखि संसदमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सांसद लेखीले विद्यालयको शैक्षिक अबस्था सुधार्नुको साटो छात्रालाई ल्याप्टप दिने योजना ल्याएको भन्दै आपत्ति जनाए ।

उनले भने, ुयो प्रदेशको धेरै विद्यालयमा भवनको अभाव छ ।शिक्षक अभाव छ । शौचालय लथालिङ छ । तर सरकार छात्रालाई ल्याप्टप दिने कार्यक्रम ल्याएको छ । यो ठीक होइन् ।ु

विद्यालयको शैक्षिक अबस्था सुधार्न जरुरी रहेकाले विद्यालयमा भवन निर्माण गर्न, शिक्षक दरबन्दी थप्न र शौचालयको अबस्थामा सुधार ल्याउन सांसद लेखीले सरकारलाई सुझाव दिए ।

उनले बजेटको स्थिति देख्दा अहिलेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेमा शंका रहेको बताए । उनले भने, ुसरकारको नीति तथा कार्यक्रम एकातीर हुन्छ । बजेट आउछ अर्कातीर ।कार्यान्वयन झन फितलो हुन्छ । यतातीर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।ु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *