गृहमन्त्री ज्यू, कोशी प्रदेशमा एमालेलाई किन एम्बुस थापिँदै छ ? : योगेश भट्टराई
मकालु खबर
२०८० जेठ २६ गते
काठमडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पहिचानको नाममा कोशी प्रदेशमा एमालेका नेतालाई एम्बुससमेत थापिएको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका छन् । प्रदेशको नाम प्रदेश सभाको बहुमतले राखेको तर पहिचनको नाममा नेकपा एमालेका नेतामाथि सांघातिक हमला र हत्याको प्रयास भइरहेको भन्दै उनले गृहमन्त्रीको जवाफ मागेका हुन् ।
प्रदेश सभाका उपसभामुख सृजना दनुवारमाथि दुव्र्यवहार भएको र एमालेका थुप्रै नेता कार्यकर्तामाथि हातपातको प्रयास भएको भन्दै प्रतिनिधि सभाको बैठकमा उनले गृहमन्त्रीको जवाफ मागेका हुन् ।
बहुमत पुर्याएर वैधानिक विधिबाट प्रदेशको नाम राखे आफूहरुलाई कुनै अपत्ति नभएको उनले बताए । तर, प्रदेशको नाम राख्ने नाममा देशलाई जातीय विभाजनमा लाने कार्य आफूहरुलाई स्वीकार्य नभएको उनले बताए ।
मकालु खबर
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित