धनुषामा श्रीमान्–श्रीमतीमाथि सांघातिक आक्रमण, प्रहरी बेखबर
२०८० जेठ २७ गते
जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिर्सियास्थित घरमै श्रीमान्–श्रीमतीमाथि सांघातिक आक्रमण भएको छ ।
घरमै बसेका बेला ३५ वर्षीय दिनकर यादव र उनकी श्रीमती ममता यादवमाथि सांघातिक आक्रमण भएको हो । उनी दुवै जनामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।
दिनकर यादवको घाँटी र उनकी श्रीमती ममताको हातमा धारिलो हतियार प्रहार गरिएको छ । अहिले उनी दुवै जनालाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् ।
घटनाबारे धनुषा प्रहरी भने बेखबर छन् । प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले घटना विषयमा जानकारी प्राप्त नभएको र बुझेर भन्ने बताए ।
२०८० जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित