इन्टर मिलानलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । म्यानचेस्टर सिटीले यस सिजनको युइएफ़ए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा दोस्रो पटक फाइनल खेल्दै उपाधि जितेको छ । यसअघि २०२१ मा उपविजेता बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *