नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त सन्दीपको तर्फबाट बहस सुरु
मकालु खबर
२०८० जेठ २८ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस सुरु गरेका हुन् ।
सन्दीपले उक्त प्रकरणका अर्का अभियुक्त सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । सानु र सन्दीपबीच व्यापारमा समेत साझेदारी राएको पाइएको थियो । उक्त मुद्दामा प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेको हो ।
यो प्रकरणमा प्रहरीले टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा १८ जना पक्राउ परेका छन् ।
शुक्रबार सन्दीपका बुबा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सगरेका थिए ।
मकालु खबर
२०८० जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित