लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान
मकालु खबर
२०८० जेठ २८ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् । उनी उपचार सकेर एकसातापछि स्वदेश फर्किनेछन् ।
मकालु खबर
२०८० जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित