बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट नसच्याए सरकार ढल्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले सत्ता गठबन्धन ५ वर्ष चलाउने प्रयास भइरहेको बेला बजेट यथास्थितिमा पास गर्ने गरी अघि बढिए सरकार ढल्न सक्ने बताए ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ,’ उनले भने, ‘अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा
जान्छ ।’

यसमा अर्थमन्त्रीले लचकता देखाउनु पर्ने उनको भनाइ छ ।

‘तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ,’ उनले भने, ‘ चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’
डडेलधुरा, गोरखा र नुवाकोटमा मात्रै बजेट केन्द्रित भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *