अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला : मन्त्री भुसाल
मकालु खबर
२०८० जेठ २९ गते
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
सोमबार २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् ।
उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताए । उनले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे ।
उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिए ।
उनले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए ।
मकालु खबर
२०८० जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित