कोकाहा खोलाको पानी धरान झर्दा भावुक बने हर्क
मकालु खबर
२०८० जेठ ३० गते
काठमाडौँ । कोकाहा खोलाको पानी धरान पुगेको छ । कडा परिश्रम र मेहनतको परिणामस्वरूप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका हुन् ।
पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानवासी रातभर जाग्राम बसेका थिए । अन्ततः पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरात मेयर साम्पाङ भावुक भएका थिए । अहिले उन मानिसहरूले बधाई दिइरहेका छन् ।
मेयर साम्पाङले कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘आज ११ बजेदेखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ ! कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेउ पकुवा खोलामा आउनु होला ! जय श्रमदान !’
मकालु खबर
२०८० जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित