धनुषामा वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

जनकपुरधाम। धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।

उनी दुबै जनाई कारबाहीका लागि वर्दिवास कार्यालय लगिने बताइएको छ।

सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए।

उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिव पक्राउ गरेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *