नेदरल्याण्डसलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा
मकालु खबर
२०८० जेठ ३२ गते
काठमाडौँ । क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डसलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्रोएसिया फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले २-२ गोल गरेपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो । अतिरिक्त समयमा क्रोएसियाले थप २ गोल गरेको थियो ।
क्रोएसियाका लागि आन्द्रेज क्रमारिक, मारियो पासालिक, ब्रुनो पेटकोभिक र लुका मोड्रीचले एक एक गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि डोनयेल मालेन र नोआ लांगले एक एक गोल गरेका थिए ।
अब क्रोएसियाले नेसन्स लिगको फाइनामा स्पेन र इटालीबीचको विजेतासँग खेल्ने छ । स्पेन र इटालीबीचको दोस्रो सेमिफाइनल खेल आजराती हुदै छ । युईएफए नेसन्स लिगको फाइनल खेल जुन १९ मा हुने छ ।
मकालु खबर
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित