अनलाइन जुवामा संलग्न भएको भन्दै ‘बल्छी’ र ‘राजु मास्टर’ सहित ८ पक्राउ
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा ‘राजु मास्टर’(राजु पौडेल) पनि पक्राउ परेको खुलेको छ । काठमाडौँ अपराध अनुसन्धान कार्यालयलेको टोलीले ‘बल्छी ध्रुवे’ भनिने मरिमान श्रेष्ठसँगै राजु पौडेललाई पनि पक्राउ गरेको खुलेकाे हाे ।
पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरुलार्य काठमाडौँको स्वयम्भुलगायत ठाउँबाट पक्राउ गरिएको हो ।
प्रहरीले बुधबार यही प्रकरणमा ५ जनालाई पक्राउ गरेको थियो । विश्वका विभिन्न ठाउँमा हुने खेलको अड्कलबाजी गर्ने गरी जुवा खेल्न उक्त एक्स वान बेट अनलाइनको प्रयोग हुँदै आएको छ । यस्तो जुवा नेपालमा अवैध हो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँमा पठाइएको छ ।