काठमाडौँ महानगरले रोक्यो भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला
मकालु खबर
२०८० जेठ ३२ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ ।
महानगरसँग कुनै पनि अनुमति नलिएकाे, एसइई तथा कक्षा ११ र १२ को परीक्षाफल प्रकाशित हुनअधि नै शैक्षिक मेलाको नाममा विद्यालयहरुले शुल्क असुल्न र भर्नाका लागि नाम टिपाउने गरेको, मेलामा ११ र १२ पढाउने मात्रै कलेजकाे सहभागिता रहेकाे जस्ता कारणले मेला राेक्नु परेकाे महानगरका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले जानकारी दिएका छन् ।
महानगरले मेला राेकेपछि अहिले आयाेजक संस्थाका अधिकारीहरू महानगरपालिकासँग समन्वयका लागि गएका छन् ।
उक्त मेलाको एक समारोहकाबीच सभामुख देवराज घिमिरेले बिहीबार बिहान उद्घाटन गरेका थिए ।
उक्त मेलामा ५० भन्दा बढी उच्च शिक्षा अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरुको सहभागिता छ ।
मकालु खबर
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित