बालेनको कदममा दीपकराजको समर्थन
काठमाडौँ । ‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दीपकराज गिरीले समर्थन जनाएका छन् ।
मेयर बालेनले सीतालाई भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौँमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन् । ‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो विरुद्धको आवाज सही हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् ।
मेयर बालेनले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’ मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।