वीरेन्द्रनगरमा नगरबस सञ्चालन, २० रुपैयाँमा यात्रा गर्न सकिने

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा नगरबस सञ्चालनमा आएको छ। नगरबस सञ्चालनमा आएसंगै महँगो भाडादरका कारण मर्कामा परेका वीरेन्द्रनगरबासीलाई रहात मिलेको छ । अब वीरेन्द्रनगरमा यात्रुहरुले मात्र २० रुपैयाँमा धुलियाबीटबाट बाङ्गेसिमलसम्मको यात्रा गर्न सक्नेछन् ।

वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा सुर्खेत सयुक्त यातायात व्यवस्थापनले १० वटा नगर माइक्रोबस सञ्चालनमा ल्याएको हो । नगरबसको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले नगरबस सेवा संचालनमा आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सयुक्त यातायातसँगकाे सहकार्यमा नगरबसलाई थप स्तरीय बनाउने बताइन् ।

पहिलो चरणमा नगरबस वीरेन्द्रनगरको धुलियाविट, एयरपोर्ट, मंगलगढी चोक, यरिचोक, मुलपानी हुँदै प्रदेश अस्पताल, हिलेखाली र बाङ्गेसिमल चोकसम्म सञ्चालन हुनेछ । साथै आगामी दिनमा नगरबस र रुटहरुपनि थप्दै जाने सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले बताए । उनका अनुसार यात्रुहरुलाई सहज र सहुलियत यात्रा दिन २० रुपैयाँ भाडादर तय गरिएको छ ।

नगरबसको उद्घाटन गर्दै नगरप्रमुख मोहनमाया ढकालले २० रुपैयाँ तिरेर बसपार्कदेखि धुलियाबिटसम्मको यात्रा गरिन् । नगरबसले सहज र सुलभ सेवा दिएपछि यात्रुहरुपनि खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *