लोकसेवा आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधि सुधार्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि लोकसेवा आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार लोकसेवा आयोगको ७३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताए । उनले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भूमिका खेल्नुपर्ने बताए । उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए । उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले कर्मचारी छनोट, भर्ना प्रक्रियाको परीक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे ।

उपराष्ट्रपति यादवले उच्च नैतिकवान र उतप्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पु¥याउने गरी कर्मचारी छनोट गर्नुपर्ने बताए । उनले सुशासन समग्र सिद्धान्त, व्यवहार र जनताले अनुभुति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सिमित राख्न नहुने बताए ।

उनले आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतीहरुको सामना गर्नसक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताए । उनले संघीयता अनरुपमा समावेशी तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समय सापेक्ष परिस्कृत गर्दै थप उम्मेदवार छनोट हुनसक्ने गरी कार्यसम्पदान गर्ने आवश्यक रहेको बताए ।

उनले आयोगले समयको माग अनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वानीय बनाउने विश्वास व्यक्त गरे । उनले लोकसेवा आयोगले अहिलेसम्म गरेका कामको प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *