नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको जवाफी बहस सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी मुद्दामा सबै पक्षको बहस सकिएको छ । शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि सबै पक्षको बहस सकिएको हो ।

काठमाडौँ जिल्ला अदालतमा शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा ५ जना सरकारी वकिल र दुइ जना अधिवक्ताले जवाफी बहस गरेका हुन् ।

जवाफी बहस सकिएसँगै अब न्यायाधीशले फैसला सुनाउने अपेक्षा गरिएको छ । गत बुधबारदेखि हिजो बिहीबारसम्म १८ जना अभियुक्तको पक्षमा बहस भएको थियो । त्यसको जवाफमा आज सरकारी वकिलले जनाफी बहस गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *